increse price

साताको अन्तिम दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक बढेको छ। पछिल्लो समय लगाताररुपमा गिरावट आइरहेको शेयर बजार आज १९.१२ अंकले बढेको छ। आज प्राय सबै उपसमूह तथा अधिकांश कम्पनीहरुको शेयर मूल्यमा वृद्धि देखिएको छ। उपसमूहतर्फ विकास बैंक र होटल तथा पर्यटकमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।

आज कारोबारमा आएका २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँमा कारोबार भएको छ। यसरी १३७ कम्पनीको शेयर मूल्य बढ्दा ६९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज कारोबारमा सबैभन्दा बढी शेयर मूल्य बढ्ने शीर्ष कम्पनीमा ओरियन्टल होटल, सिन्धु विकास बैंक, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट ज्योति विकास बैंक लगायतका कम्पनी छन् ।त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, सुर्योदय लघुवित्त, नेशनल हाइड्रोपावर, लक्ष्मी लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाललगायतका कम्पनी छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *