एनएमबी बैंकले एनएमबी सापटी २.०, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरू गरेको छ । जसअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनैपनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने जनाएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४ सै घण्टा र ७ अैस दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबी सापटीको निरन्तरता हो । यस सेवा बैंकसम्म नधाईकनै मोवाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबी सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताको परिपुर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितोबिनाको कर्जा हो ।

एनएमबीमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिना सम्मको लचिलो अवधिसहित २ लाखसम्म २४ सै घण्टा र ७ अै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ ।ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्ने बैंकले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *