काठमाण्डौ : आज सुनको मूल्यमा वृद्धि भएको छ। शुक्रबार सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय रुपैयाँका दरले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसप्रकार सुन तोलामा एक सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँमा आज कारोबार भइरहेको छ ।
हिजो प्रतितोला ९० हजार ८सयमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा भने आज गिरावट आएको छ। चाँदी बिहीबारको तुलनामा तोलामा १० रुपैयाँका दरले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा ११ सय ९५ रुपैयाँ तोकिएको छ। हिजो १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

