काठमाडौं : आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसप्रकार आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी १ हजार २३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो
आज तेजबी सुनको मूल्यमा पनि ६०० रुपैयाँले नै वृद्धि भएको छ। ६००ले वृद्धि हुँदा तेजबी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

