काठमाडौँ : बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । मङ्गलबार स्थिर भएको सुनको मूल्य बुधबार तोलामा ७ सय रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलामा ९० हजार सात सयले रुपैयाँ किनबेच भइरहेको छ । हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँका दरले सुनको करोबार भएको थियो ।
यसै गरी आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १ हजार दुई सय २० रुपैयाँमा किनबेच भइरहेको छ । मङ्गलबार चाँदी प्रतितोला १ हजार २ सय ३० का दरले कारोबार भएको थियो।

