काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । उनी मन्त्रिपरिषद् बैठक सकेलगत्तै शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवा प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शीतल निवास पुगेको स्रोतले जनाएको छ।
मङ्गलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

