काठमाडौँ :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याउन लागेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न नहुने बताएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले अध्यादेश जारी गर्न नहुने धारणा राखेका हुन्।

अध्यक्ष ओलीले अध्यादेश जारी भए कार्यान्वयन गर्न नहुने पनि बताएका छन् । साथै सम्बोधनका क्रममा उनले संसद् बैठक तीन दिनभित्र बोलाउन माग गरेका छन् ।

