एजेन्सी :
कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि जापान सरकारले अगस्ट ३१ सम्मका लागि पाँचवटा शहरमा आपतकालको घोषणा गरेको छ।

प्रधानमन्त्री कार्यालयले ट्वीटरमार्फत टोकियो,चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरेको जानकारी गराएको छ ।

होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रान्तमा पनि कोरोनाभाइरस फैलिनबाट रोक्न प्राथमिकताका आधारमा उपायहरु लागू गरिने बताइएको छ।

टोकियो महानगर सरकारले२९ जुलाइमा तीन हजार ८ सय ६५ सङ्क्रमित थप भएको जनाएको थियो । पूरै जापानमा भने दश हजार ६ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएका थिए ।

अहिले जापानको राजधानी टोकियोमा ओलम्पिक खेल जारी छ ,जसमा विश्वभरका खेलाडीहरु सहभागी छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *