[साङ्केतिक चित्र]
एजेन्सी :
भारतको महाराष्ट्र प्रदेशमा अविरल वर्षाका कारण हालसम्म १३५ जनाको मृत्यु भइसकेको छ भने ९९ जना बेपत्ता भएका छन् । तिनीहरूको खोजी कार्य भइरहेको छ ।

यसै गरी मनसुनजन्य विपदबाट ५३ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहानसम्म १ लाख ३५ हजार मानिसलाई बाढी प्रभावित क्षेत्रबाट हटाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय सेना उद्धार कार्यमा लागिपरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *