ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गरेका छन् । साथै उनले संसद् पनि भङ्ग गरेका छन् ।

ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराेध प्रदर्शन भइरहेका बेला उनले संसद् भङ्ग गरेका हुन्।

ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ ।

संविधानअनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको भन्ने उनको भनाइ रहेको छ ।

-एजेन्सी

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *