gold

साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। आज प्रतितोला ६ सयले घटेको हो ।

गत हप्ता आइतबार सुन स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले बढ्दा बिहीबार ५ सयले बढेको थियो। शुक्रबार स्थिर थियो ।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार १ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज एक हजार २९५ मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *