सिभिल बैंकले शुक्रबार दुई वटा बचत योजना सार्वजनिक गरेको छ। बैंकले बचत खातामा अहिलेसम्मकै धेरै ब्याज दिने योजनाका साथ बचत खाता सार्वजनिक गरेको हो।

सिभिल बैंकले नयाँ आर्थिक बर्ष २०७८–०७९ लागेको पहिलो दिनमा नै सिभिल बैंकले बचतमा अहिलेसम्मकै धेरै ब्याज दिने २ वटा सूपर प्रिमियम र खुत्रुके बचत खाता सञ्चालनमा ल्याएको हो।

बैंकका अनुसार सूपर प्रिमियम बचत खातामा ६.०१ प्रतिशत र खुत्रुके बचत खातामा ७.०१ प्रतिशत ब्याज दिनेछ। सुपर प्रिमियम बचत खातामा विभिन्न ६ वटा घातक बीमा पनि रहेको बैंकले जनाएको छ।

बैकले मेट लाइफसँगको सहकार्यमा बीमा योजनासमेत समावेश गरेको छ। यो खाता १८ देखि ५८ वर्ष उमेरका व्यक्तिले खोल्न सक्नेछन्। यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने बैकले जनाएको छ।

त्यस्तै, खुत्रुके बचतमा २ देखि १० वर्ष उमेरकाले खाता खोल्न पाउनेछन्। यो खातामा न्यूनतम ५ सय रुपैयाँ हुुनुपर्नेछ। यो खातामा संचित रकमको ७० प्रतिशतसम्म कर्जा पाइनेछ। त्यसको लागि हालतको ब्याजमा २ प्रतिशत थप हुनेछ। यी खाता साउनसम्म खोल्नु पर्नेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *