काठमाडौं : नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीको शपथ ग्रहण राष्ट्रपतिको कार्यालयमा नभएको, राष्ट्रपतिको उपस्थिति नभएको भन्दै भएका चर्चाप्रति राष्ट्रपति कार्यायलले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद ५ को दफा २१ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नुअघि सम्माननीय प्रधान न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ गर्नु पर्ने व्यवस्था रहेकोछ।’

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अङ्गका पदाधिकारीहरूको शपथ ग्रहण सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुँदै आएकोमा कोभिड-१९ विश्वव्यापी महामारीको अवस्थासमेतलाई मध्यनजर गरी यस कार्यालयबाट सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक सम्माननीय प्रधानन्यायाधीशज्यूबाट शपथ ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण श्री सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाको लागि मिति २०७८-१-५ मा पत्राचार गरिएकोहो ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा खाती महान्यायाधिवक्तामा बिहीबार नियुक्त भएका हुन्। खातीले शुक्रबार प्रधानन्यायाधीशबाट सर्वोच्च अदालतमा पद तथा गोपनीयताको सपथ लिइसकेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *