भारतकाे छत्तीसगढस्थित रायपुरको सिभिल लाइन्स पुलिस स्टेशनमा बाबा रामदेवविरूद्ध एफआईआर दर्ता भएको छ।

भारतीय मेडिकल एसोसिएशन रायपुरका पदाधिकारीहरूले उनीविरुद्ध एफआईआर दर्ता गरेका हुन्।
प्रहरीका अनुसार भारतीय मेडिकल एसोसिएशनका डा.राकेश गुप्ता, डा. विकास अग्रवाल, डा. आशा जैन र डा. अनिल जैनले लिखित उजुरीमा रामेदेवलाई गम्भीर आरोप लगाएका छन्।
उनले बीबीसीलाई भने, ‘खोपको बारेमा अफवाह फैलाउने र लागूपदार्थको बारेमा अफवाह फैलाउनु देशद्रोहको एक सीधा लाइन हो र बाबा रामदेवलाई सजाय हुनुपर्छ।’
रामदेवले केन्द्रीय महामारी ऐन, सरकारले दिएका नीति र औषधीको बारेमा भ्रामक प्रचार गरेकाे उनीहरुले आरोप लगाएका छन्।

