एजेन्सी :
चीनले निर्माण गरिरहेको अन्तरिक्ष केन्द्रमा तीन जना चिनियाँ अन्तरिक्ष यात्रीलाई पठाएको छ ।

जियूकान स्याटेलाइट लन्च सेन्टरबाट बिहीबार मार्च–२ एफ रकेटले चिनियाँ अन्तरिक्षयात्री चढेको सेन्झोउ–१२ यानलाई अन्तरिक्ष केन्द्रका लागि सफल प्रक्षेपण गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तरिक्ष केन्द्रमा पठाइएका चिनियाँ अन्तरिक्षयात्रीहरुमा ५६ वर्षीय निह हाइसङ,५४ वर्षीय लिउ बोमिङ र ४५ वर्षीय थङ हङ्बो रहेका छन् ।

हाइसङ यसअघि सेन्झोउ–६ र सेन्झोउ–१० मिसनमा काम गरिसकेका अनुभवी चिनियाँ अन्तरिक्षयात्री हुन् ।

बोमिङ सेन्झोउ–७ मिसनमा सहभागी भइसकेका हुन् भने थङका लागि यो अन्तरिक्ष उडान पहिलो हो । उनीहरु त्यहाँ ३ महिना बसेर अन्तरिक्ष अन्वेषणसम्बन्धीका कामहरु गर्ने बताइएको छ ।

उनीहरु निर्माणाधीन अन्तरिक्ष केन्द्रमा विभिन्न गतिविधि गर्ने तथा केन्द्रको कक्ष मर्मतसम्हार गर्नेछन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *