काठमाडौं : वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। छातीमा समस्या देखिएपछि गत बुधबार साँझदेखि ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।

उनलाई छातीमा निमोनिया देखिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए।  बज्राचार्यका अनुसार जोशीको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ। साविकसरह खानपिन गर्न थालेका छन्। उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

जोशीको स्वास्थ्यमा निकै सुधार भएकाले आइतबार घर फर्काउने सम्भावना रहेको भतिज अजरमान जोशीले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *