काठमाडौं । कोभ्याक्सले नेपाललाई अर्को साता खोप उपलब्ध गराउने भएको छ। कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा अस्ट्राजेनेकाद्वारा विकसित खोपका केही डोज एक सातापछि उपलब्ध गराउने जानकारी दिएको हो। कति डोज दिने भन्ने यकिन नभएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले भने, ‘खोप दिने संकेत गरेको छ तर कति दिने भन्ने यकिन छैन।’ उनको अनुसार कोभ्याक्सलाई खोप प्राप्त भएपछि विश्वभरि वितरण गर्ने क्रममा नेपालको भागमा जति आउँछ, त्यति नै दिने हो।

 

कोभिसिल्डको पहिलो डोज खोप लगाएर बसेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिने विषय चुनौतीपूर्ण बनेपछि खोप समितिले सम्भव भएजति सबै ठाउँमा पहल गरिरहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले बताए। नागरिक दैनिकबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *