काठमाडौं, जेठ २४ गते । काठमाडौं उपत्यकामा कोरोनाका एक हजार ११५ सङ्क्रमित थपिएका छन् । देशभरि चौबीस घण्टामा तीन हजार ३७० सङ्क्रमित थपिएकोमा करिब एक तिहाइ काठमाडौं उपत्यकामा पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९७०, ललितपुरमा १९० र भक्तपुरमा १३५ मा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या करीब २० हजार छ । काठमाडौं जिल्लामा १२ हजार ५९, ललितपुरमा चार हजार ६७४ र भक्तपुरमा तीन हजार ५९१ जना सक्रिय सङ्क्रमित छन् ।
काठमाडौंमा हालसम्म एक हजार ७११, ललितपुरमा ४८६ र भक्तपुरमा ३४२ सङ्क्रमितको मृत्यु भएको छ ।


