स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ।

नेपालमा आज ४ हजार ४७२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ११०२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ९१ हजार ४९४ जना पुगेको छ।

आज ९२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ।

आज १७ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ५५ हजार ४४ जनाको पीसीआर र ७५ हजार ८५२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *