भारतको जम्मु काश्मिरमा भारतीय जनता पार्टीका एक नेताको गोली हानी हत्या भएको छ । भारतीय जनता पार्टीका स्थानीय नेता राकेश पण्डितको बुधबार राति अज्ञात बन्दुकधारीको आक्रमणबाट मृत्यु भएको भारतीय मिडियाले जानकारी दिएका छन् ।

भाजपा नेता पण्डितमाथि जम्मु काश्मिरको पुलवामा जिल्लाको त्राल पायिन क्षेत्रमा गोली प्रहार भएको इन्डिया टुडेले जनाएको छ ।

भारतीय मिडियाका अनुसार पण्डित त्राल पायिनमा रहेका आफ्ना साथीलाई भेट्न जाँदै थिए ।  भाजपाका पार्षद रहेका उनको साथमा दुई सुरक्षाकर्मी रहने भएपनि उनी सुरक्षाकर्मीबिना नै हिडेँका थिए  । उनको साथमा रहेकी उनकी साथीकी छोरी गोली लागेर घाइते भएकी छिन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *