एजेन्सी :
स्ट्रेट अफ होर्मुजमा इरानी जल सेनाको एउटा विशाल पानी जहाज समुन्द्रमा डुबेको छ । आगो लागेपछि उक्त पानीजहाज समुन्द्रमा डुबेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

खार्ग नामक जलसेनाको विशाल पानीजहाजमा बुधबार सबेरै आगो लागेको थियो । आगो लागेपछि पानीजहाजलाई कैयौं घण्टासम्म बचाउने प्रयास गरिएको तर आफूहरूको प्रयास विफल भएको इरानी अधिकारीहरूले बताएका छन् ।

तालिममा प्रयोग हुँदै आएको खार्गमा चालक दलका सदस्य र प्रशिक्षार्थीसहित ४ जना व्यक्ति रहेको समाचारमा उल्लेख गरिएको छ । पानीजहाजमा रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।

इरानको अर्ध सरकारी समाचार संस्था तास्निमलाई स्थानीय एक सैन्य अधिकारले उक्त घटनामा २० जना मानिस सामान्य घाइते भएको बताएका छन् ।

जलसेनाको पानीजहाजमा आगो लाग्नुको कारण प्रस्ट भइसकेको छैन । तर एक जना सैन्य अधिकारीले इन्जिन रुममा आगो सुरु भएको र केही भाग पग्लेर पानीजहाज समुन्द्रमा डुब्न पुगेको बताएको भन्दै अल जजिराले समाचार लेखेको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *