माले : माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम हमलामा घाइते भएका छन्। उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्।

सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो।

हमलामा घाइते भएका उनको उपचार भइरहेको माल्दिभ्स प्रहरीले वक्तव्य जारी गर्दै बताएको छ ।

उनको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको बताएको छ।अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि बताएको छ।

प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ।

उनका समर्थकहरू अस्पतालबाहिर भेला भएको बीबीसी जनाएको छ। त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थितिलाई हेरेर दङ्गा प्रहरी परिचालन गरिएको बताइएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *