एजेन्सी :पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा खान तीन दिने भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका विषयमा छलफल हुनेछ । पाकिस्तानी संचार माध्यमका अनुसार दुई देशबीच केही समयदेखि जारी रहेको तिक्तता हटाउन दुवै पक्षले प्रयास गर्नेछन् । भ्रमणमा प्रधानमन्त्री खानका साथ विदेश मन्त्री र मन्त्रिमण्डलका अन्य सदस्यसमेतको सहभागिता रहेको छ ।

