हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा उपचाररत महोत्तरी-२ जलेश्वरकी ५० वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वास प्रश्वासमा समस्या आएपछि उनलाई तीन दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारत सोमबार बिहान साढे ९ बजे उनको मृत्यु भएको अस्पतालका कोभिड डा. सागर काफ्लेले जनकारी दिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *