नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई संक्रमण भएको सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन्।

ज्वरो आएपछि जीउ दुखाइ बढेको र आइतबार बेलुका स्टार हस्पिटलमा पुगेर स्वाब परीक्षण गराउँदा आज आएको रिपोर्टमा पोजेटिभ देखिएको उनले जानकारी दिएका छन्।
उनी हाल टेकु अस्पतालका डाक्टर अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरु गरेर डेरामै आइसोलेसनमा रहेका छन् । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको भन्दै उनले सबैलाई सजग बन्न आग्रह पनि गरेका छन्।

