काठमाडौँ :नेपालको राजधानी काठमाडौंको मौसममा एकाएक परिवर्तन आएको छ। शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ । पूर्वानुमान महाशाखाले दिउसो मौसम सफा रहने कुरा जानकारी गराएपनि काठमाडौंको मौसममा दिउँसै अध्यारो जस्तो हुनेगरी तुवालो लागेको छ।  परिवर्तित मौसमसँगै केही पहाडी र मध्य पहाडी भेगमा छिटफुट वर्षा हुने सम्भावना पनि रहेको बुझिन्छ तर भोलिदेखि भने काठमाडौंको मौसममा परिवर्तन आउनेछ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले पनि डढेलो र अरु प्रदुषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए । ‘डढलो लागेर हो कि भन्ने अनुमान छ’ उनले भने, ‘अहिले हावा पनि चलेको छैन, हावा चलेमा प्रदुषण कम हुनसक्छ ।’

काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *