काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गर्नुभएको छ ।

मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गर्नुभयो । कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी भएको र जनावरलाई आहाराका लागि रकम अभाव भएका कारण मन्त्री आलेले रकम प्रदान गर्नुभएको उहाँका निजी सचिव रविन ग्यालनले जानकारी दिनुभयो ।

