५ गते । दार्माखोलमा मृत फेला परेकी दार्मा गाउँपालिका ५ की २९ वर्षीया खीमा खड्काको परिवारले शव बुझुन मानेको छैन । दार्माखोलामा असार १ गते फेला परेकी खीमाको सल्यान जिल्ला अस्पताल सल्यानमा रहेको शव राखिएको छ ।
मृतकका आफन्तले परीक्षण भएको पाँच दिन पुगी सक्दा पनि शव बुझ्न नमानेका हुन् । गत जेठ ३१ गते बेलुकादेखि सम्पर्कविहीन भएकी उनी असार १ गते दार्मा गाउँपालिकास्थित दार्माखोलाको ठूला खोला भन्ने ठाउँमा मृत्त फेला परेकी थिइन ।
मृतकका बुवा गणेशबहादुर खत्रीले आफ्नी छोरीलाई खोलाले बगाएको नभई हत्या भएको र हत्याको सत्यतथ्य छानविन र दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने बताउनुभयो ।
मृतकका श्रीमान् खिमबहादुर खड्काले सुनियोयजित ढंगले हत्या गरेर खोलामा फालिएको भन्दै सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘खोलामा मृत अवस्था भेटिएकाले बगाएको भनिए तापनि महिलाको हत्या गरेर खोलामा फालिएको हो । शव सर्सती हेदौ बलात्कार गरी हत्या गरिएको जस्तो रहेको छ ।’
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले मृतक खड्काको विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँका अनुसार मृतकका आफन्तले शव बुझ्न मान्नु भएको छैन।

स्रोत: गोरखापत्रबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *