एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्यादिमिर पुटिन बीच भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभा पुगेका बाइडन र पुटिनबीच करिब ३ घण्टा भेटवार्ता भएको एएफपीले जनाएको छ ।

बाइडनले अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग भेट गरेका हुन्।
भेटका क्रममा बाइडनले रुससँग सम्बन्ध सुधारको अवसर आएको धारणा पुटिनसमक्ष राखे । दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि भेटमा भएको छ ।
यसअघि सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशले आ–आफ्ना राजदूत फिर्ता गरेका थिए ।
रुस सकारले २ वर्षदेखि बन्दी बनाएर राखेका विपक्षी नेता अलेक्सी नभाल्नीका बारेमा पनि बाइडनले चासो राखेका थिए ।

