Close up horizontal photograph of a medical syringe being pushed into the rubber cap of a medicine vial. The vial is being held in the hand of a gloved medical provider. The image has shallow depth of field and the focus in on the tip of the syringe needle. The background is out of focus but appears to be related to the medical field.

काठमाडौँ, असार ३ गते । निजी क्षेत्रले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप समग्र उद्योगी–व्यवसायीलाई पनि उपलब्ध गराइदिन माग गरेको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रमा कोरोनाका कारण हुने मानवीय तथा आर्थिक क्षतिबाट जोगाउन खोपको प्रबन्ध गर्न अपिल गरेका हुन् ।
नयाँ स्वरूपसहितको कोभिड–१९ को दोस्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीलाई आक्रान्त तुल्याएको जनाउँदै समयमै खोप उपलब्ध नहुँदा समस्त व्यावसायिक क्षेत्रको आत्मबल खस्केको चेम्बरले जनाएको छ । अधिकांश व्यवसाय बन्द रहेको र भ्याक्सिन पनि उपलब्ध नभएकाले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग–व्यवसाय सञ्चालन गर्नसमेत चुनौतीपूर्ण अवस्था सिर्जना भएको चेम्बरका महासचिव कैलाशकुमार बजिमयले जनाउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले पनि मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई भेटेर उद्योगी–व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन आग्रह गरेको थियो । महासङ्घ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको प्रतिनिधि मण्डलले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी–व्यवसायी, श्रमिक, कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको थियो ।
जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारको आर्थिक लक्ष्यलाई पूरा गर्नसमेत यस वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएको महासङ्घले जनाएको छ ।
महासङ्घका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरू, वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू र एसोसिएटअन्तर्गतका सबैलाई अबको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो ।
त्यस अवसरमा मन्त्री तामाङले पनि अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी–व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको महासङ्घले जनाएको छ ।
कोभिडले समग्र अर्थतन्त्र नै जर्जर बनाएको भन्दै उहाँले यसलाई तत्काल तङ्ग्रने वातावरण बनाउन सम्बद्ध सबैलाई खोप दिई काममा फर्काउनुपर्ने कुरा सरकारले मनन गरेकोे र खोप लगाउन पहिलो प्राथमिकता दिएर जाने विश्वास दिलाउन चाहेको बताउनुभयोध्र
यसैबीच बुटवल समाचारदाताका अनुसार बुटवल उद्योग वाणिज्य सङ्घले पनि उद्योगी–व्यवसायी र मजदुरलाई कोरोनाविरुद्धको खोप दिन सरकारसँग माग गरेको छ । सङ्घले बुधबार एक आग्रह पत्र जारी गरी निषेधाज्ञाबीच पनि उद्योगी–व्यवसायीले निर्बाध रूपमा उत्पादन तथा आपूर्तिको काम गरिरहेको भन्दै जोखिमबीच पनि काम गर्ने उद्योगी–व्यवसायी तथा मजदुरलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन माग गरेको हो ।
सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जारी गर्नुभएको आग्रहपत्रमा कोभिड–१९ को सङ्क्रमण लम्बिँदै जाँदा सामाजिक तथा आर्थिक क्षेत्रमा पर्ने प्रभाव क्रमशः बढ्दै गएको भन्दै राहतको व्यवस्था गर्न पनि माग गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *