
नेपालमा आज २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८३९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या ६ लाख १५ हजार ९८४ जना पुगेको छ।
आज ३९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ।
आज १२ हजार ४८४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ४८ हजार १० जनाको पीसीआर र १ लाख २८ हजार १५९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

