अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस चढेको विमान उडानको २५ मिनेटमै आकसिमक अवतरण गर्नुपरेको छ ।आइतबार ग्वाटेमाला जानको लागि उडेको विमानमा उडानको केही समयपछि नै खराबी आएपछि विमान आकस्मिक अवतरण गर्नुपरेको हो ।

उपराष्ट्रपति बनेपछि ह्यारिसको यो पहिलो विदेश यात्रा थियो । विमान अवतरणपछि ह्यारिसले आफू ठिक भएको जानकारी दिएकी छिन् । ह्यारिससँगै रहेका उनका प्रवक्ता साइमन सेन्डर्सले यो प्राविधिक समस्या भएको र सुरक्षामा चुक नभएको बताए ।

फक्स न्युजका अनुसार ह्यारिसले वाशिङटनको ज्वाइन्ट बेस एन्ड्रयुबाट उडान सुरु गरेकी थिइन् । विमान उडेको २५ मिनेटमै विमानमा समस्या आयो । त्यसपछि विमानलाई फर्काएर मेरिल्याण्डस्थित ज्वाइन्ट बेस एन्ड्रयुमै ल्याण्ड गराइयो । कमला ह्यारिसले यो हप्ता ग्वाटेमाला र मेक्सिकोको यात्रा गर्ने कार्यक्रम छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *