काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता नेपालले तत्काललाई राजीनामा दिने कुरा टरेको बताए । ‘सांसदहरूको राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो’ उनले भने ।

दुई नेताबीच बूढानिलकण्ठस्थित एक घरमा साढे तीन घण्टा बढी वार्ता भएको हो । छलफलमा नेता नेपालले अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने नेता नेपालले बताए ।

