काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले ५ बजे स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय आजै ९ बजे सकिँदै छ। त्यही विषयमा निर्णायक छलफलका लागि बैठक बोलाइएको उनले बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि बैठक बोलाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिइएको माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहयोग गर्ने जनाइसकेको छ।

