रियो द जेनेरो : ब्राजिलको रियो द जेनेरोमा भएको प्रहरी कारबाहीमा कम्तिमा २५ जनाको मृत्यु भएको छ। कारबाहीमा एक जना प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ।

प्रहरीले त्यस क्षेत्रमा लागूऔषध तस्करहरूले बालबालिकालाई आफ्नो समूहमा सामेल गर्दै गरेको सूचनाका आधारमा अपरेशन सञ्चालन गरेको थियो। सो समूह यसअघि लागूऔषध तस्करी, चोरी, हत्या तथा अपहरणलगायतका अपराधमा संलग्न रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

टेलिभिजनमा प्रशारित भिडियोका अनुसार प्रहरी आएको थाहा पाएपछि तस्करहरू घरका छतहरूमा लुक्न खोजेका थिए।
प्रहरीले अन्य बासिन्दाहरूलाई फोन चलाउन दिएका छैनन्। कतिपय तस्करी समूहको सदस्य भएको हुन सक्ने हुनाले फोन चलाउन नदिइएको हो।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *