काठमाडौं : मुकुन्द भट्टको निर्देशनमा नेपाली एक्सन थ्रिलर फिल्म ‘एक्स–९’ निर्माण हुने भएको छ । बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै निर्देशक भट्टले फिल्म निर्माणको घोषणा गरेका हुन् ।

पोस्टमा उनले फिल्मको नामसँगै यो फिल्म नेपालको सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म बन्ने उल्लेख गरेका छन् । फिल्मको नाम ‘एक्स–९ लेभल १’ राखिएको छ । ब्लु स्पार्क प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा यादवप्रसाद पाठकको लगानी रहनेछ ।

मिडिया रिपोर्टका अनुसार फिल्मको मुख्य अभिनेताका लागि अनमोल केसीलाई अफर गरिएको छ । यस्तै फिल्ममा सौगात मल्ल पनि हुन सक्ने अनुमान गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *