काठमाडौं – मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने भएको छ। साधना कला केन्द्रले आयोजनामा जेठ १२ (बुद्ध जयन्तीका अवसर) मा लुम्बिनी प्रतियोगिता हुने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए।

उनले तामाङ जातिको धर्म, कला, संस्कृति, भाषा, वेशभूषा, बाजा, रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले विगतमा मिस तामाङ प्रतियोगिता हुँदै आएको यसपटकदेखि संसारभरिका तामाङ युवतीको प्रतिनिधित्व गराउनका लागि मिस तामाङ वर्ल्ड गर्न थालिएको बताए।

मिस तामाङ वर्ल्ड विजेतालाई विश्वभरिकै मिस तामाङ सुन्दरी मानिनेछ। प्रतियोगितामा सहभागीका लागि तामाङ जातिको १६ देखि २८ वर्ष उमेर समूह, कम्तीमा दश जोड उत्तीर्ण, पाँच फिट उचाइ हुनुपर्ने उल्लेख छ।

प्रतियोगिताका लागि यही वैशाख १५ गतेसम्म अनलाइन फाराम आवेदन माग गरिएको छ। सन् २००६ देखि मिस तामाङ प्रतियोगिता हुँदै आइरहेको छ। सन् २००६ मा मिस तामाङ भएकी जेनिशा मोक्तान सन् २००९ की मिस नेपाल भएकी थिइन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *