काठमाडौं : सुनको मूल्यमा आज पनि गिरावट आएको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसप्रकार छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा आज कारोबार भएको छ। हिजो प्रतितोला ९१ हजार रुपैयाँ थियो ।
यसै गरी तेजावी सुनको मूल्य दुई सयले घट्दा ९० हजार ३ सय रुपैयाँमा भएको छ । चाँदीको मूल्य भने आज एक हजार २०५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

