एजेन्सी :
अमेरिकी राष्ट्रपति जो बाइडेनले आतंकवादविरुद्धको युद्धका बारेमा आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा
बाइडेनले अफगानिस्तानको वर्तमान परिवेशलाई केन्द्रमा राखेर आफ्नो दृष्टिकोण राखेका हुन्।
अभिव्यक्तिमा बाइडेनले अमेरिकाले अफगानिस्तानमा आतंकावाद विरोधी मिशनमा आफ्नो ध्यान केन्द्रित गर्ने र
यदि तालिबानले अमेरिकी सैनिकहरुविरुद्ध आक्रमण गर्ने कार्य गर्यो भने त्यसको कडा जवाफ दिइने बताएका छन् । उनका अनुसार अमेरिकाले अफगानिस्तानमा आतंकवादविरोधी मिशनलाई जारी राख्ने छ ।
राष्ट्रपति बाइडेनले अफगानिस्तानमा फसेका अमेरिकी नागरिकलाई उनीहरुको घरसम्म पुर्याउने वचन पनि दिएका छन्।
अमेरिकाले काबुल विमानस्थलमा अमेरिकी तथा अन्य देशका नागरिकहरुको उद्धारका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ ।

