एजेन्सी :
चीनले अफगानिस्तानसँग मित्रतापूर्ण सम्बन्ध रहने घोषणा गरेको छ ।अफगानिस्तानलाई तालिबानले कब्जामा लिएपछि चीनले सो घोषणा गरेको हो।

चीनले अफगानिस्तानबाट अमेरिकी सेना हटाएसँगै तालिबानसँग अनौपचारिक सम्बन्ध कायम गर्न खोजेको बताइएको छ ।
तालिबानहरुले पनि चीनसँग आफूहरुको सम्बन्ध
सुमधुर हुने अभिव्यक्ति दिँदै अफगानिस्तानको विकास-निर्माणमा चीनसँग आशा राखेको बताएका छन् ।
तालिवानले हाल रुसी अधिकारीहरुसँग पनि भेटवार्ता गर्न सुरु गर्न थालेको बताइएको छ ।

