एजेन्सी :
तालिवानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ । राष्ट्रपति भवनलाई कब्जा गरेपछि तालिबानले यस्तो घोषणा गरेको हो।

अलजजिरालाई जवाफ दिने क्रममा तालिवानका प्रवक्ता मोहम्मद नइमले आफूहरुले अन्तर्राष्ट्रिय समूदायसँग असल सम्बन्ध राख्न चाहेको बताए । उनले तालिवानको ध्यान अब देशमा शान्ति कायम गर्नेतिर केन्द्रित रहेको बताउँदै तालिवानको सत्ता सञ्चालन उदाहणीय हुनेसमेत बताए ।

प्रवक्ता नइमले अफगानिस्तानले कसैको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुले पनि हाम्रो देशमा कुनै किसिमको हस्तक्षेप नगरोस् भन्ने चाहेको बताए ।

२० वर्षको प्रतीक्षापछि तालिवान काबुल पुग्न सफल भएको बताउँदै उनले आफूहरु देश र जनताको स्वतन्त्रताका लागि लडेको बताए।

आइतबार तालिबानले काबुल कब्जामा लिएपछि राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् भने यस घटनापछि अफगानिस्तानबाट विदेशी कूटनीतिकज्ञहरु आआफ्ना देश फर्किन थालेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *