अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ। तालिबान र अफगान सरकारी सेनाबीच त्यहाँ भिडन्त जारी रहेको छ ।

दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरहरु हेरात, लश्कर गह र कान्दाहर शहरमा भिडन्त भइरहेको बीबीसीले जनाएको छ । ती शहरलाई सरकारी सेनाको नियन्त्रणबाट आफ्नो कब्जामा लिन तालिबानले आक्रमण तीब्र पारेको समाचारमा जनाइएको छ ।

अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँगै तालिबानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र पारेको छ भने शहरी क्षेत्रमा पनि आक्रमण गरिरहेको छ ।

तालिबानले अफगानिस्तानको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *