सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्री गर्न लागेकाे हो । आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आइपीओमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्ने भएकाे छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो। आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । ढिलोमा भदौ २ गतेसम्मको मिति तय गरेको छ ।

यो आइपीओ विक्री प्रबन्धकसँगै सी-आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । मेरोसेयर वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सकिने बताइएको छ । जेठ ९ गते आइपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *