साताको तेस्रो दिन आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ३ सयले घटेको हो। आइतबार १ सयले घटेको थियो। सोमबार १ सयले बढेको थियो ।

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ४ सयले बढेको थियो। यस्तै बुधबार सुन सात सयले नै घटेको थियो। बिहीबार पनि ७ सयले नै घटेको थियो भने शुक्रबार ३ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार २७० मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *