स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ।

नेपालमा आज ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ८२ हजार ९४७ जना र एन्टीजेन परीक्षणबाट ५५ हजार ९७१ जना पुगेको छ।
आज २५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ।
आज १७ हजार २७२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख ५१ हजार ३२३ जनाको पिसिआर र २ लाख ९४ हजार ७६१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

