काठमाडौं : नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ। शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो।

पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पिसिआर परीक्षण तथा चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट दुई हजार ३०९ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

हालसम्म छ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ सङ्क्रमित निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा ६१५ सङ्क्रमित थपिए 

काठमाडौँ उपत्यकामा पछिल्लो समय ६१५ सङ्क्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौँका ४२१, भक्तपुरका ८६  तथा ललितपुरका १०८ जना रहेका मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा सात हजार ६१९ सक्रिय सङ्क्रमित रहेका छन्। काठमाडौँमा पाँच हजार ५७४, ललितपुरमा एक हजार ११३ तथा भक्तपुरमा ९३२ सक्रिय सङ्क्रमित रहेका छन्।

थप १६ सङ्क्रमितको मृत्यु  

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट १८ जनाले ज्यान गुमाएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *