काठमाडाैं :नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बधाई दिएका छन् ।

बुधबार साँझ चौथाइवालेले प्रधानमन्त्री देउवालाई टेलिफोन गरी बधाई दिएका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिँदै चौथाइवालेले लेखेका छन्, ‘शेरबहादुर देउवासँग कुराकानी भयो। प्रधानमन्त्रीमा नियुक्त भएकामा मैले बधाई दिएको छु।’
उनले नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच निरन्तर पार्टी- टु-पार्टी संवादको आवश्यकता रहेकाे पनि बताएका छन्।
नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच नियमित संवादको जरुरी रहेको विषयमा बातचित भएको उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

