काठमाडौँ : नेकपा एमाले भित्रको विवाद मिलाउन कसरत भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई स्वीकार गर्न नसकिने अभिव्यक्ति दिएपछि नेपाल पक्षबाट कार्यदलमा रहेका नेताहरूलाई चिसो पसेको छ।

संसद् पुनर्स्थापना सम्बन्धी रिटमा अदालतबाट जारी आदेशलाई कार्यान्वयन गरेर जाने गरी कार्यदलमा रहेका सदस्यहरूले सहमति गरे पनि ओलीले मङ्गलबार र बुधबार दिएका अभिव्यक्तिबाट कार्यदलमा रहेका नेताहरूलाई चिसो पसेको हो।

बालुवाटारबाट निजी निवास बालकोट सर्ने क्रममा ओलीले आफू निकट कार्यकर्ताहरूलाई सम्बोधन गर्दे आफू विरुद्ध जालझेल गरी सर्वोच्च अदालतमा निवेदन हालेर परमादेशबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउन माधव नेपालले अगुवाइ गरेको दाबी गरे। माधव नेपाल जस्तो लाजशरम नभएको व्यक्तिलाई प्रवेश निषेध भन्ने भाषा ओलीबाट प्रयोग गरिएपछि एमालेभित्रको एकताको सिलसिला कमजोर भएको छ।

सर्वोच्च अदालतको आदेश आउनुअघि गरिएको १० बुँदे समझदारी पनि नमान्ने सङ्केत गर्दै बुधबार नेपाललाई पार्टीभित्र स्थान नभएको कुरा ओलीले बताए ।यसर्थ एकता टाढिएको सङ्केत भएको नेपाल निकट नेताहरूले बताएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *