निर्वाचनको मिति नजिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गर्न थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन विभिन्न संयन्त्रमार्फत निगरानी गर्न थालिएको बताउनुभयो ।

उहाँले राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्ने क्रममा आचारसंहिता उल्लंघन गरेको विषयमा आयोगमा उजुरी परिरहेको जानकारी दिँदै यस किसिमका अन्य घटनाहरू हुन नदिन र भएकालाई कारबाही गर्न पनि निगरानीको व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरेका हालसम्म ७१ वटा घटनाहरूको विषयमा आवश्यकताअनुसार आयोगले जाँच गर्ने, तथ्य जुटाउने काम गरिरहेको छ । घटनाको प्रकृति अनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने, जरिवाना गर्ने र उम्मेदवारी खारेज गर्ने हदसम्म पनि जान सकिने आयोगले जनाएको छ । प्राप्त स्पष्टीकरणउपर छानबिन र जाँझबुझ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *