वीरगन्ज : बारामा जीतरपुर सिमरा उपमहानगरका नेकपा एमालेका नगर कमिटी उपाध्यक्षसहित झण्डै तीन सय नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

जीतपुर सिमरा नगर कमिटीका उपाध्यक्ष वीरेन्द्र गिरीसहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन्।

जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका प्रभावशाली नेता गिरी सहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

नगर कमिटी उपाध्यक्ष गिरी, नेताहरू नेता कपुर राज पुरी, मिरा पुरी, विष्णु अधिकारी, मोजाहिर अन्सारी, कविता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत छन्।

उनीहरूलाई पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान) ले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे।

कार्यक्रममा बोल्दै नेकपा एसका नेता एंव पूर्वमन्त्री समेत रहेका श्रेष्ठले एमालेबाट देश विकास नहुने ठोकुवा गरे।

एमाले मधेसको मात्र नभइ देशकै विकास विरोधी पार्टी भएको आरोप लगाउदै श्रेष्ठले बाराको क्षेत्र नम्बर ४ को विकासमा आफु गंभिर भएर लाग्ने प्रतिवद्धता पनिा जनाए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै गिरीले एमालेभित्र गुण्डागर्दी हाबि भएको र एमालेबाट देशको विकास सम्भव नभएको बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *